×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६८ लाख लागतमा नवलपरासीमा ६० फिट अग्लो भ्यूटावर निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६८ लाख लागतमा नवलपरासीमा ६० फिट अग्लो भ्यूटावर निर्माण

Artha Sarokar

९ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती-१ बालुवाडाँडामा ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो ।

लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले जानकारी दिनुभयो । सो भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न सकिने र केही दिनमा नै सञ्चालनमा आउने बताइएको छ ।

सो स्थानमा उद्यान, रेष्टुराँ, शौचालय, सवारीसाधन पार्किङसमेत निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको इन्जिनियर पवन रुपाखेतीले जानकारी दिनुभयो । सो स्थानमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार सबै काम सक्न एक करोड ८४ लाख खर्च लग्ने अनुमान गरिएको उहाँको भनाइ छ । “हामीले त्यहाँको सबै काम सक्दा एक करोड ८४ लाख लाग्ने गरी डीपीआर निर्माण भएको थियो”, उहाँले भन्नुभयो, “अहिले भ्यूटावर मात्रै निर्माण भएको छ त्यसको लागत करिब ६८ लाख मात्रै छ ।”

कावासोती–१ बालुवाडाँडा ढोणेमा करिब ६० घर परिवार गुरुङ र मगर समुदायको बस्ती रहेकाले होमस्टे (घरबास)सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको छ । भ्यूटावर निर्माण सुरु भएको ठाउँभन्दा केही पर मानवनिर्मित ‘पोखरी ताल’ छ ।

पोखरी ताल र भ्यूटावर एउटै स्थानमा भएकाले यस क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने जनाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्र फलफूल चोकबाट झण्डै १७ किलोमिटर उत्तरतर्फको पहाडमा भ्यूटावर निर्माण गरिएको हो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी