Skip to content
LAXMI SUNRISE BANK

व्यावसायिक कृषकलाई अनुदानमा घाँस काट्ने च्यापकटर वितरण, उत्पादन वृद्धि र लागत घटाउने उद्देश्य

अर्थ सरोकार

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँट काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालयले यहाँका व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई १५ लाख बराबरको च्यापकटर अनुदानमा वितरण गरिएको वडाध्यक्ष देवीभक्त कँडेलले जानकारी दिनुभयो । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले वडा कार्यालयले कृषकलाई अनुदानमा उक्त औजार वितरण गरिएको उहाँको भनाइ थियो ।

वडामा नौ सदस्यीय कृषि तथा पशुपन्छी सामग्री उपभोक्ता समिति गठन गरेर वडाले व्यावसायिक पशुपालन फर्म सञ्चालन गरेका ७५ कृषकलाई सोमबार घाँस काट्ने च्यापकटर वितरण गरेको थियो । कृषकलाई केही मात्रामा भए पनि काममा सहजता हुनुका साथै दुग्ध उत्पादन पनि राम्रो हुने भएकाले कृषकको मागमा आधारित कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष कँडेलले बताउनुभयो ।

नगरप्रमुख छत्रराज पौडेलले कृषिलाई यान्त्रिकीकरण गर्ने नगरपालिकाको उद्देश्यअनुरुप उक्त उपकरण वितरण गरिएको बताउनुभयो । “हामीले कृषिलाई यान्त्रिकीकरण गर्ने उद्देश्यसहित प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै कृषकलाई कृषिमा अनुदानहरु दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “व्यावसायिक पशुपालनसहित कृषि क्षेत्रमा जिल्लामा नै यस नगरपालिकाले अग्रणी स्थान ओगटेका कारण पनि हामीले यान्त्रिकीकरणमा जोड दिएका हौँ ।”

वडा कार्यालयले विनियोजन गरेको १० लाख तथा नगरपालिकाको नगरसभाबाट पारित पाँच लाख गरी जम्मा १५ लाखको लागतमा अनुदानमा ७५ उक्त उपकरण खरिद गरिएको थियो । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK