×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंकद्धारा ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने

Artha Sarokar

१६ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको नाममा रहेको ४० हजार ७७६ र सुफल शर्माको नाममा रहेको १०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

सेयरको मूल्य तोकिएको छैन । उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको बागबजार स्थित कार्यालयको सेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समय अवधिमा सेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी