काठमाडौं । एनसीसी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ९१ हजार ७७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जसमा संस्थापक सेयरधनी श्रवण कुमार अग्रवालले ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठले ४० हजार ७७६ कित्ता र सुफल शर्माले १ हजार कित्ता बिक्रीमा ल्याएका हुन् । उक्त सेयरमा एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर बिभाग कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्