×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्तदान कार्यक्रम गरी मनायो एनसीसी बैंकले २५ औं बार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रक्तदान कार्यक्रम गरी मनायो एनसीसी बैंकले २५ औं बार्षिकोत्सव

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसीसी बैंक लिमिटेडको २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडौं बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गरे ।

साथै बैंकले २५ औं बार्षिकोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्दती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्दती खाता” जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी