काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको साधारणसभा पुस २९ गते हुने भएको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
उक्त सभामा बैंकले ८% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने भएको छ । । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन नाफानोक्सान तथा नगद प्रवाह विवरण पनि पारित गर्ने प्रस्ताव रहेको छ ।
यस्तै, बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बैंकले सभाका लागि पुस २१ गते बुक क्लोज गर्दैछ जसकारण पुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्