काठमाडौं । नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ । विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ । सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ ।
नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्