×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकले ल्यायो नयाँ योजना, अब अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बङ्गलादेश बैंकले ल्यायो नयाँ योजना, अब अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने

Artha Sarokar

६ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np मा अनलाइन Fixed Deposit मा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् । बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ ।

यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी