×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंक लिमिटेडको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन, पुस २ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले आफ्ना सेयरधनीलाई दिने १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको हो । बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले सोही लाभांश पारित गर्न पुस २ गते साधारण सभा बोलाएको छ । जसका लागि मंसिर २१ गते मंगलबार बुक क्लोज गर्ने भएको छ । तसर्थ आज सोमबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन भएका छन् । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ । उक्त सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: