×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारण सभा शुक्रबार हुने, १६ प्रतिशत लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारण सभा शुक्रबार हुने, १६ प्रतिशत लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

Artha Sarokar

१५ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा मंसिर १७ गते शुक्रबार हुने भएको हो । उक्त सभाले बैंकले प्रस्तावगरेको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । यस्तै बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी हुन सकिनेछ । हाल यस बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । मर्ज भएपछि हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामबाट सेयर कारोबार खुल्नेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी