Skip to content
LAXMI SUNRISE BANK

नेपाल पेमेन्ट सोलुसन्स् र मन्जुश्री फाइनान्सबीच सम्झौता, ग्राहकले लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने

अर्थ सरोकार

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स् र मन्जुश्री फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको हो । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा फाइनान्सको तर्फबाट सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आइ टि हेडले आ-आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK