Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता, ग्राहकहरुलाई गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराईने

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत फाइनान्सका ग्राहकहरुले नेपाल बैंकमार्फत लटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

यसै सम्बन्धमा नेपाल बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबीच सम्झौता भएको हो । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपि राज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, TFCPC प्रमूख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिक राम चापागाँईको उपस्थिति थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK