काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ९ जनाको आवेदन परेको छ । टेलिकमकै पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्यले पनि सो पदका लागि दरखास्त दिएका छन् ।
यस्तै टेलिकमकै व्यवसायिक अधिकृत संगिता पहाडीले पनि प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी छन् । खानेपानी संस्थानका पूर्वमहानिर्देशक एवम् इन्जिनियर अर्जुनबाबु ढकाल, सुनिल पौडेल, टेलिकमको पूर्व कर्मचारी प्रदीपराज उपाध्याय र सुरजसिंह थापाले पनि प्रबन्ध निर्देशक पदको दौडमा छन्।
यस्तै टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक अमलेन्दु नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापक पनि प्रतिस्पर्धामा रहेको सञ्चार मन्त्रालयले जनाएको छ।
हाल टेलिकमकाे प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा संशोधित निर्देशिका रोक्न सर्वाेच्चको आदेशपछि प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया भने रोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्