काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को संचालक समितिको अध्यक्षमा रविन कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधरणसभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन् ।
नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण पनि गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट संचालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तिय संस्थाहरुलई सेवा प्रदान गर्दै आइरहेको छ ।