नवलपुर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नवलपुर(सुस्ता पुर्व) जिल्लाको विनयी त्रिवेणी गाँउपालिका ४ सर्दि र विनय त्रिवेणी गाँउपालिका २ दुम्कीवामा छुट्टाछुट्टै २ दिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
एनआईसी एशिया लघुवित्त लि केन्द्रीय कार्यालयको कर्पोरेट कम्युनिकेसन तथा ब्रान्डीङ अफिसर बिकल काफ्ले, गण्डकी प्रदेश कर्जा असुली अधिकृत सुमन जोशी, गण्डकी उप-प्रदेशीक कर्जा असुली प्रमुख टेकेन्द्र चौधरी, सर्दि शाखा प्रबन्धक चन्द्रकान्त शर्मा, दुम्कीबास शाखा प्रबन्धक बिन्दु गौत्तमलगायतको उपस्थितिमा भएको छुटाछुटै कार्यक्रममा कारिब १८० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा लघुवित्तको आवश्यकता, सामूहिक जवानिको महत्तव, बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, वीमा, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा, समयमा किस्ता भुक्तानी नगर्दा हुने कानुनी कारबाहीलगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले भिडियो तथा दुश्य सामाग्री प्रस्तुत गरिएको थियो ।
संस्थाले आर्थिक र सामाजिक शसक्तीकरणको विषयलाई मध्य नजर गर्दै वित्तीय साक्षरता सँगसँगै नेपाल प्रहरीसँगको सहकार्यमा लैङ्गिक हिंसा, लागुपदार्थ दुर्व्यसनी, समाजमा घट्ने सामाजिक अपराध सम्बन्धित दण्ड तथा सजाय बारेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत आयोजना गरेको थियो ।
दुबै कार्यक्रमको सहजिकरणको क्रममा सहजिकरण गदै कर्पोरट कम्युनिकेसन तथा ब्रान्डीङ् अफिसर बिकल काफ्लेले मिटर व्याज, ढिकुटी जस्ता गैरकानुनी बित्तीय कारोवार नगर्न अनुरोध गर्दै, कर्जा सदुपयोगिता, आम्दानी भन्दा कम खर्च गर्ने बानिको बिकास गर्न, उद्यमशीलताको विकास गरी स्वउद्यम सञ्चालन गर्न, हातमा सिप नभई बैदेशिक रोजगारमा नजान र नेपाल राष्ट्र बैंक तथा अन्य नियमन निकायबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाहरुबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्