×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २५ गते, ३०.६०% लाभांश वितरण गर्ने एजेन्डा पेस गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २५ गते, ३०.६०% लाभांश वितरण गर्ने एजेन्डा पेस गरिने !

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय, नक्साल भगवतीबाहल, काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट २९.५% बोनस सेयर र कर तिर्न १.५५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । प्रस्तावित बोनस वितरणपछि पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन संशोधन हुनेछ ।
यस्तै सभामार्फत सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन हुने भएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि पुस १३ गतेदेखि बुक क्लोज हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी