×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा ढकाल निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा ढकाल निर्वाचित

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएस (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको सम्पन्न १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित भएका छ । यसैगरी एसोसिएसनका सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट रहनुभएको छ ।
एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् ।
नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेकाे बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी