काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) संग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरि१२ मंसिर २०७८ मा सम्झौता सम्पन्न गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरि भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एस डि सि बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।
नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एस डि सी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा हो । सिफेमबाट प्राप्त यस कर्जाको लागि एस डि सी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा (Credit Enhancement) प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्दछ । विशेष गरि वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्र्दभिकता अझै महत्वपूर्ण छ ।
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघुसाना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहुँच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।
नेपालका लागि स्वीट्जरल्याण्डकी महामहिम राजदुत एलिजावेथ भोन क्यापेलरले भने,“स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल-स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको छ । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघुसाना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ ।”
त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै “नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ । हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ ।”
एनएमबि बैंक र सिफेम बीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो । विगतमासमेत यस बैंकले अन्तराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्सलगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्