काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको हो । सभामा कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ पुस ८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्