×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकद्धारा निःशुल्क ओपिडी सेवा दिने

GLOBAL IME BANK

नर्भिकमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकद्धारा निःशुल्क ओपिडी सेवा दिने

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालको यूरोलोजी टिमले विशेष ओपिडी निःशुल्क संचालन गर्न लागेको छ ।

शनिवार(भोलि) १० देखि १२ बजेसम्म संचालन हुने निःशुल्क ओपीडीमा यूरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरु नेतृत्वको यूरोलोजी टिम नै निःशुल्क ओपिडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

मृगौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरी सम्बन्धी समस्या भएकाहरुले यूरोलोजी टिमको निःशुल्क ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपिडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दरसमेत उपलब्ध गराइने बताइएको छ ।

यस्तै, नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरलेसमेत शनिवार नै निःशुल्क ओपिडी संचालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचनप्रणालीसँग सम्बन्धी समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपिडीबाट लाभ लिन सक्नेछन् । डा. कुवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: