×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर ! (भ्याकेन्सीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले प्रशासन र प्राविधिक सेवाका विभिन्न पदमा खुला र समावेशी समूहमा जागिर खुलाएको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो ।
सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ भने अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ । इच्छुक नागरिकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र अनलाइ खावेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: