ओखलढुङ्गा । ओखलढुङ्गामा पशु बिमा कार्यक्रम प्रभावकारी बनेको छ । सामाजिक सङ्घसंस्थाको अगुवाइमा जिल्लामा तीन वर्षअघिबाट सुरु भएको ‘संस्थागत पशु बिमा कार्यक्रम’ प्रभावकारी बनेको हो । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल ओखलढुङ्गाले सामथ्र्य परियोजनाअन्तर्गत नमुनाको रुपमा सुनकोसी गाउँपालिका–३ सिस्नेरीबाट संस्थागत पशु बिमा कार्यक्रम सुरु गरेको थियो । अहिले जिल्लाको सुनकोसी गाउँपालिकासहित अन्य विभिन्न स्थानीय तहमा यो कार्यक्रम विस्तार भइसकेको छ ।
सुरुमा पाइलोटिङ क्षेत्रको रुपमा जिल्लाको सुनकोसी गाउँपालिकामा पशु बिमाको क्षेत्रमा काम गरेको महासङ्घले अहिले जिल्लाको चिशंखुगढी गाउँपालिकामा नमुनाको रुपमा विस्तार गरेको छ । सो कार्यक्रमअन्तर्गत महासङ्घले सञ्चालन गरेको अभियानमा तीन वर्षमा एक हजार ७०७ घर परिवारले पशु बिमा गरेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, ओखलढुङ्गाका सामथ्र्य परियोजना अधिकृत सरस्वती कटुवालले बताउनुभयो ।
सो कार्यक्रमअन्तर्गत ५५१ परिवारले रु ७५ लाख ६० हजार ६०० बराबरको पशु क्षति दाबी भुक्तानी पाइसकेका छन् । पशुपालनबाट कृषकलाई आर्थिक रुपमा घाटा नहोस् भन्ने उद्देश्यले सुरु गरिएको पशु बिमा कार्यक्रम पछिल्लो समय निकै प्रभावकारी देखिएको परियोजना अधिकृत कटुवालको भनाइ छ । “पहिला जिल्लाका २÷४ जना कृषकले आफैं बिमा कम्पनी खोजेर बिमा गराएको अवस्था थियो । हामीले संस्थागत पहल थालेपछि अहिले यो अभियानकै रुपमा अघि बढेको छ”, उहाँले भन्नुभयो, “कृषकलाई बिमाको महत्व बुझाउन र स्थानीय सरकारलाई पशु बिमा कार्यक्रमको अपनत्व दिलाउन केही समय लाग्यो । अहिले किसानले खोज्ने र सरोकारवालाले बिमामा सघाउने परिस्थिति छ ।” पालिका तहमा पशु बिमा स्थानीयकरणका लागि महासङ्घले गरेको अभ्यासबाट प्रणाली सबलीकरणमा प्रभाव परेको अधिकृत कटुवालको भनाइ छ ।
जिल्लाका पशुपालक किसान पशु बिमा कार्यक्रमप्रति उत्साहित छन् । पशु बिमा कार्यक्रम आफ्नो वडामा लागू भएपछि पशुवस्तुको क्षति बिमामार्फत दाबी गर्न पाउँदा किसानलाई ठूलो राहत भएको सुनकोसी गाउँपालिका–८ भाल्दिपकी सुशिला श्रेष्ठले बताउनुभयो । पशु बिमा गर्दा कुनै पनि भैपरि आउने दुर्घटनाका कारण गोठ खाली नहुने भएकाले सबै कृषकले पशु बिमा गर्नुपर्ने उहाँको सुझाव छ । “२०७६ सालमा १२ वटा बाख्रा मरेपछि सबै खाल्डोमा पुर्नुपरेको थियो । त्यो बेला रु दुई लाखभन्दा बढी क्षति भयो । दाबी गर्ने उपाय थिएन”, विगत लामो समयदेखि बाख्रा पालनलाई निरन्तरता दिँदै आउनुभएकी श्रेष्ठले भन्नुभयो, “बिमा नगर्दा पालेका पशुवस्तुको कुनै कारण मृत्यु भयो भने गोठै रित्तो हुन्थ्यो । अहिले त बिमा दाबी गर्ने त्यहाँबाट आएको पैसाले फेरि अर्को पशु किन्ने गरेका छौँ । त्यसैले सबैले पालेका पशुको बिमा गरौँ ।”
पशु बिमा कार्यक्रम लागू भएपछि श्रेष्ठ मात्र नभई जिल्लाका अधिकांश किसान पशु बिमाप्रति आकर्षित छन् । व्यक्तिगत बिमा गर्दा झन्झटिलो हुने भए पनि संस्थागत बिमाले सबैलाई गाउँगाउँमा पुगेर सेवा दिने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको आईएमई जनरल इन्सुरेन्स ओखलढुङ्गा शाखा प्रमुख खुरहरि दाहालले बताउनुभयो । पशु बिमा गरेका किसानहरुको पशु क्षति दाबीको भुक्तानी दिलाउन समन्वयको भूमिका आईएमई जनरल इन्सुरेन्स ओखलढुङ्गा शाखाले गरिरहेको छ । किसानले पशु विमा गर्दाको फाइदा बुझेसँगै जिल्लामा पशु बिमा गर्नेको सङ्यामा वृद्धि भएको छ ।
व्यावसायिक पशुपालनबाट हुने जोखिम न्यूनीकरणका लागि सरकारले ८० प्रतिशत अनुदानमा पशु बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने कृषकलाई अकल्पनीय जोखिमवाट हुने क्षति न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले सरकारको पशु बिमामा ८० प्रतिशत अनुदान लगानीअन्तर्गत वडाबाट बजेट विनियोजन गरी कतिपय स्थानीय तहले काम गर्न थालेका छन् ।
मासु र दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने अभियान चलाएको सुनकोसी गाउँपालिकाले पशु बिमा कार्यक्रमलाई नीतिगतरुपमै अघि बढाएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको समन्वयमा गाउँपालिकाका प्रत्येक किसानका घरगोठमा बिमाबारे अभिमुखीकरण गर्दै आर्थिक अनुदानसमेत उपलब्ध गराएर पशु बिमा गराउन सहयोग गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । “सुनकोसी गाउँपालिका मासु र दूधमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई पशुपालनमा अनुदान, गोठ सुधारमा सहयोगसँगै बिमामा समेत आवश्यक समन्वय र आर्थिक सहयोग गाउँपालिकाले गरिरहेको छ”, उहाँले भन्नुभयो, “किसानले पालेका पशुको बिमा गरेर क्षति भए दाबी सुनिश्चित गर्नेदेखि किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत हामीले काम गरिरहेका छौँ ।”
थोरै लगानी गरेर गर्न सकिने पशु बिमाबाट किसानहरुलाई भविष्यमा अधिकतम् फाइदा हुने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अधिकारीको भनाइ छ । पशु बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका आठ वटै स्थानीय तहसँग समन्वय भइरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, ओखलढुङ्गाका अध्यक्ष हेमकुमार घिमिरेले बताउनुभयो । विगतमा बिमाका बारेमा जानकारीसमेत दिन नचाहने किसान अहिले आफ्ना पशुको बिमा गरिदिनु प¥यो भनेर आउने गरेको उहाँको भनाइ छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्