पाल्पा । पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन् । झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्चित छन् ।
महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता उस्तै छ । तर, अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता हटेको छैन । विसं २०५८ मा विद्युतीकरण भए पनि हालसम्म थ्रिफेज लाइन विस्तार नहुँदा साँझ बिहान बत्तीसमेत बल्दैन । नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निःशुल्क सेवा गर्दै आएको छ । सन्ढापका स्थानीय बासिन्दाका घरमा साँझ परेपछि अँध्यारो हुन्छ ।
दिनभर बालिएका बत्ती मधुरो, रेडियो, टिभी तथा मोबाइल चार्जमा समस्या हुँदै आएको स्थानीय बासिन्दा लक्ष्मीप्रसाद न्यौपानको गुनासो छ ।“बत्ती बले पनि जुनकीरी बले झैं बल्ने र मोबाइलसमेत चार्ज नहुने समस्या रहेको छ,” उहाँको गुनासो छ । स्थानीय बासिन्दाले पटक–पटक वडा, गाउँपालिका, तथा नेतालाई यस विषयमा विद्युत्को समस्या सम्बन्धी जानकारी गराए पनि सुनुवाइ नहुँदा अध्यारोमा बाँस बस्नुपर्ने बाध्यता छ । त्यसमाथि बालबालिकालाई साँझमा विद्युत्को साहयतामा अध्ययन गर्न समस्या हुँदै आएको उनीहरुको गुनासो छ ।
३० घर बढी बासिन्दा रहेको सन्ढापमा विद्युत् विस्तार भए पनि बिहान साँझ विद्युत्बाट हुने सबै काम रोकिन्छ । जसले गर्दा स्थानीयवासीले बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने, सञ्चारमाध्यमको प्रयोग गर्नेलगायतका कामबाट वञ्चित हुनुपरेको छ । स्थानीयवासी गोविन्द भट्टराई नेतृत्वको सन्ढापका बासिन्दाले लामो समयले विद्युत्को पूर्ण सेवा प्रयोग गर्नबाट वञ्चित भएको बताउनुभयो । उहाँले रातको समयमा बढी विद्युत्को मागहुँदै रातमा बत्तीसमेत बल्दैन, टिभी हेर्न पाइदैन, बत्तीमुनिका अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको भट्टराईले बताउनुभयो ।
स्थानीयवासीले नेपाल विद्युत् प्राधिकरण पाल्पामा थ्रिफेज लाइन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन । प्राधिकरण प्रमुख इञ्जिनीयर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण गरी समस्या समाधान गर्ने बताउनुभयो । वास्तविक समस्याको पहिचान गरी विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको उहाँले बताउनुभयो । सरकारले घर–घरमा विद्युत्को खपत बढाउन अनुरोध गरिरहेको बेला ग्रामीण क्षेत्रमा जडान गरिएका सेवाको उचित रुपमा प्रयोग नपाउँदा नागरिक उत्साहित छैनन् ।रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्