×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाल्पाको विद्युत् वितरण भवनमा चट्याङ, अँध्यारोमा बस्न बाध्य स्थानिय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाल्पाको विद्युत् वितरण भवनमा चट्याङ, अँध्यारोमा बस्न बाध्य स्थानिय

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाल्पा ।  पाल्पामा चट्याङले क्षति गर्दा विद्युत् र सञ्चार सुविधाबाट यहाँका स्थानीय बासिन्दा बञ्चित भएका हुन् । चट्याङले आयोजनाको घरमा क्षति भएपछि सञ्चार सेवाबाटसमेत बञ्चित हुनुपरेको हो ।

माथागढी गाउँपालिका–७ रहवासमा सञ्चालित अरुणखोला लघु जलविद्युत् आयोजना विद्युत् वितरण भवनमा चट्याङले क्षति हुँदा यहाँका वासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । बुधबार वर्षासँगै चट्याङले आयोजनाको घरका मेसिन जलेर क्षति भएपछि विद्युत् उत्पादनमा समस्या पैदा भएको र बिजुली बत्ती र मोबाइलमा कुराकानी गर्न नेटवर्क नभएको भीम लुङ्गेलीले बताउनुभयो ।

अरुणखोला लघु जलविद्युत् आयोजनाबाट यस क्षेत्रका ३०० परिवार लाभान्वित भएका थिए । वर्षासँगै आएको चट्याङले विद्युत् वितरण घरमा क्षति पुर्याउदा विद्युत् उत्पादनमा समस्या भएको लघु जलविद्युत् आयोजनाका व्यवस्थापक देवेन्द्र रानाले बताउनुभयो । सामान जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएकाले केही समय समस्या हुने व्यवस्थापक रानाले बताउनुभयो ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी