काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निष्कासनको सेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ । सम्झौता पत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरेलगायतका अधिकारी उपस्थित रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्