×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : फोहोर नउठाउँदा प्रदूषित बन्दै मेलम्ची नदि, हात्ती चढेर राष्ट्रिय निकुञ्ज घुम्दै पर्यटक

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ । जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले फोहोर नउठाउँदा नदि किनार प्रदूषित बन्दै मेलम्ची नदिदेखि चितवनस्थित राष्ट्रिय निकुञ्ज आसपासमा हात्ती चढेर घुम्दै आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले फोहोर नउठाउँदा नदि किनार प्रदूषित बन्दै मेलम्ची नदि ।

चितवनस्थित राष्ट्रिय निकुञ्ज आसपासमा हात्ती चढेर घुम्दै आन्तरिक पर्यटक । नेकपा ९एमाले०को चितवनमा सम्पन्न दशौं महाधिवेशनले चितवनको पर्यटनमा टेवा पुगेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीमा माछाको खोजीमा जलेवा चराको जोडी ।

जाडोयाम सुरु भएसँगै डसना तथा सिरक निर्माणका लागि बुधबार धनगढीको मिलनचोक नजिकै पुराना तथा प्रयोगमा नआएका लुगा मेसिनका माध्यमबाट फिटाई गर्दै एक व्यवसायी । पछिल्लो समय यहाँका स्थानीय घरमा प्रयोगमा नआएका तथा पुराना लुगाफाटाको प्रयोग गरी डसना निर्माणका लागि उपयोगमा ल्याउने गरेको पाइन्छ ।

शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका विदेशबाट फर्केका युवाले सञ्चालन गरेको कुखुरा फार्म पालिएका ब्रोइलर जातका कुखुरा ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी बगरको भेडीगोठका भेडा । यस क्षेत्रमा परम्परागत रुपमा घुम्ती गोठ राखेर भेडापालन हुँदै आएको छ ।

शुक्लाफाँटा नगरपालिका– ४ का युवा पोखरीबाट पालिएका माछा बेच्नका लागि ग्राहकसँग मोबाइलमा कुराकानी गर्दै ।डोटीको जोरायल गाउँपालिकामा मात्रै पाइने यहाँको प्रशिद्ध जोरायले बासमती चामल ढिकी कुटेर निफन्दै स्थानीय महिला ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: