×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हुलाकी सडकमा कालोपत्रे गरिँदै, र्याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : हुलाकी सडकमा कालोपत्रे गरिँदै, र्याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको महदेवा गाउँपालिकास्थित पकरी नजिकैको सडकमा कालोपत्रे गरिँदैदेखि कर्णाली नदीमा र्याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको महदेवा गाउँपालिकास्थित पकरी नजिकैको सडकमा कालोपत्रे गरिँदै।

कर्णाली नदीमा र्याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । नमह कर्णाली एग्रो टुरिजम प्रालिले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीमा र्याफ्टिङमा सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

वरिपरि हिउँले ढाकेको र तालको सतहमा पानी जमेको विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल ।

म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा पशु चौपाया स्याहार गर्दै गरेका स्थानीय र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खलाको दृश्य ।


राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान खण्डमा स्तरोन्नती हुँदै गरेको सडक । अहिले सोही सडक खण्डमा सडक स्तरोन्नतीको काम भइरहेकाले दैनिक आठ घण्टा सडक बन्द गर्ने गरिएको छ ।

तनहुँको भानु नगरपालिकाको बयापानीबाट देखिएको विभिन्न हिमालको मनोरम दृश्य ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: