×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा: कक्षा कोठा अभावमा बरण्डामा बसेर पढ्दै विद्यार्थी, माटो तथा विउ राखेर च्याउ तयार गर्दै किसान

काठमाडौं । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले विद्यालय मधवामा भवन अभावमा बरण्डामा पढ्दै विद्यार्थीदेखि माटो तथा विउ राखेर च्याउ तयार गर्दै कामदारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गर्दै कामदार ।

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका-१० स्थित प्राथमिक विद्यालय मधवामा भवन अभावमा बरण्डामा पढ्दै विद्यार्थी ।

चितवनको कालिका नगरपालिका-५, पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीमा खेतीयोग्य जमिन (डाँडा) काटेर प्लटिङ गरिँदै । राजधानीको काठ क्षेत्रमा जग्गा प्लटिङ गरेर घर बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिन घट्नुका साथै अव्यवस्थित शहरीकरण बढेको छ ।

सप्तरीको महदेवा गाउँपालिकाको हुलाकी सडकखण्ड अन्तर्गत पकरी नजिकै सडक निर्माण गर्दै श्रमिक ।

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा लाग्ने हटिया बजारमा चोयाबाट निर्मित नाङ्लोको किनबेच हुँदै । सातामा एक दिन लाग्ने हटियामा स्थानीय बासिन्दाले आफ्ना उत्पादन ल्याएर विक्रीवितरण गर्दै आएका छन् । हटियामा स्थानीय उत्पादन विक्रीवितरण हुने भएकाले सर्वसाधरणलाई मद्दत पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: