×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालक, चिसो बढेसँगै न्यानो कपडा किन्दै सर्वसाधारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालक, चिसो बढेसँगै न्यानो कपडा किन्दै सर्वसाधारण

Artha Sarokar

२३ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले काठमाडौंको इन्द्रचौकमा यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालकदेखि चिसो बढेसँगै काठमाडौंको इन्द्रचोकमा न्यानो कपडा किन्दै सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

काठमाडौंको इन्द्रचौकमा यात्रुको प्रतीक्षामा बसेका रिक्सा चालक । चिसो मौसममा रिक्सामा यात्रा गर्ने यात्रु कमै भेटिने चालक बताउँछन् ।

चिसो बढेसँगै काठमाडौंको इन्द्रचोकमा न्यानो कपडा किन्दै सर्वसाधारण ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-५, डालपुरस्थित किसानका बारीमा फुलेको तोरीबाली ।

लमजुङ बेँसीशहर नगरपालिका–११ रामचोक  बेँसीमा धान बत्ताउनका लागि घान हाल्दै किसान । जिल्लाकै सबैभन्दा धेरै धान उत्पादन हुनेमध्ये एक रामचोक बेँसीका फाँटमा यतिबेला किसान धान थन्काउनलाई ब्यस्त भइरहेका छन् ।

गोकुलेश्वर-गन्ना सडक खण्डअन्तर्गत बैतडीको पँसेरा क्षेत्रमा परेका खाल्डाखुल्डी । यस सडक खण्डका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा सावरी आवागमनमा समस्या हुने गरेको छ ।

शुक्लागण्डकी नगरपालिका-१२ स्थित रातमाटा निवासी सुकबहादुर गुरुङले गर्नुभएको गोलभेँडा खेती । उक्त वडालाई मासु र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले किसानलाई प्रोत्साहन कार्यक्रम ल्याएको छ ।

म्याग्दीको बेनी नगरपालिका मङ्गला र रघुगङ्गा गाउँपालिकाको सीमानामा रहेको पर्यटकीय स्थल टोड्के । यहाँबाट धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खला र म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ जिल्लाका दर्जनौ भौगोलिक दृश्यावलोकन गर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी