काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले छ वर्षदेखि टेकोको भरमा हनुमानढोका दरबारको उत्तरपश्चिमी भागदेखी तरकारी विक्री गर्दैँ पाल्पाका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबारको उत्तर पश्चिमी भाग अझै पनि टेकोका भरमा । मानिसको आवागमन हुने यस क्षेत्रमा टेकोका भरमा अड्याइएको भवनले जोखिमसमेत बढाएको छ ।
पाल्पा बुटबल सडक खण्डको गौडेपुलनजिकै तरकारी विक्री लागि बसेका युवा ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१, कुस्मिशेरास्थित गोबिन हमालले स्थापना गरेको हमाल कृषि फर्ममा पालिएका भैँसी । हमालले दैनिक ९० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । हमालले भैँसीसंगै बाख्रा र कुखुरासमेत पाल्दै आउनुभएको छ ।
बागलुङ जैमिनी नगरपालिका–५, सर्कुवाका कृषक खगेश्वर सुवेदी बगानमा सुन्तालको रेखदेख गर्दै । विक्री गर्ने बेलाका सुन्तलामा रोग कीराको प्रकोप देखिन थालेपछि कृषकले नियमित निगरानी गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–४ कुडुँलेस्थित भूमिगत सङ्ग्रहालयमा राखिएको विश्वकै दूर्लभ शिलाको रुपमा रहेको शालग्राम ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना अन्तर्गतको चारतारे होटल । केबलकारसहित विभिन्न पूर्वाधार निर्माणले यहाँ तीव्रता पाएको छ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका-१ कुस्मिशेरास्थित गोविन हमालले स्थापना गरेको हमाल कृषि फर्ममा पालिएका बाख्रा । हमालले भैँसी र कुखुरा समेत पाल्दै आउनुभएको छ ।