×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : असन बजारमामा योमरी किन्दै सर्वसाधारण, होमस्टेमा परम्परागत थारु नृत्य देखाउँदै चितवनका कलाकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : असन बजारमामा योमरी किन्दै सर्वसाधारण, होमस्टेमा परम्परागत थारु नृत्य देखाउँदै चितवनका कलाकार

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले योमरी पूर्णिमाका दिन आइतबार असनमा योमरी  किन्दै सर्वसाधारणदेखी होमस्टेमा परम्परागत थारु नृत्य देखाउँदै चितवनका कलाकारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

योमरी पूर्णिमाका दिन आइतबार असनमा योमरी  किन्दै सर्वसाधारण । योमरी चाकु, तिल र खुवा  राखेर बनाइन्छ

चितवनको भरतपुर नगरपालिका–२७ स्थित थारु सामुदायिक होमस्टे मेघौलीमा परम्परागत थारु नृत्य देखाउँदै कलाकार । प्रकृति र संस्कृतिका कारण मेघौली स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको धासाङ गाउँपालिका–२ बोक्सीखोला क्षेत्रमा कालोपत्रे गरिएको सडक र त्यहाँबाट देखिएको धौलागिरि हिमशृङ्खला  ।

काठमाडौंको इन्द्रचोकमा जाडोमा प्रयोग गरिने न्यानो कपडा किन्दै सर्वसाधारण ।

डोल्पोबुद्ध गाउँपालिका–१ ‘धो’ बाट चरिचरण क्षेत्रतिर ल्याइएका भेडा र च्याङ्ग्रा । पाटन क्षेत्रमा हिउँ भारी मात्रामा भएकाले तल्लो क्षेत्र चरिचरणका लागि रोजाइ हुँदै आएको छ ।

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको चहलपहल । यहाँ देशका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी