काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हाते व्याग सिलाउन व्यस्त पोखराका महिलादेखी इँट्टा बनाउँदै तनहुँका मजदुरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा-१७ बिरौटास्थित चिप्लाङ्ग गार्मेन्ट उद्योगमा हाते व्याग सिलाउन व्यस्त महिला कामदार । सात जना महिला कार्यरत उक्त गार्मेन्टमा दैनिक १०० व्याग तयार हुने गर्छ ।
तनहुँको व्यास नगरपालिका-१ गल्बुबेसीमा इँट्टा बनाउँदै मजदुर ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेते क्षेत्रमा सडक स्तरोन्नति गर्दै मजदुर ।
उपल्लो डोल्पामा भारी हिमपात भएपछि शे–फोक्सुण्डो ताल आसपासको क्षेत्रमा चाँदी झै टलल टल्केको हिउँ ।
लुम्बिनीस्थित केन्द्रीय नहरमा डुङ्गामा सयर गर्दै आगन्तुक । लुम्बिनीमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
उपल्लो डोल्पामा परेको हिमपात छिचोल्र्दै तल्लो डोल्पा ल्याइँदै गरेका भेडा र च्याङग्रा ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित तालिम केन्द्रमा थाङ्का लेख्न सिक्दै युवा । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति पुल्चोकको आयोजनामा तालिम सुरु गरे पनि देशका विभिन्न क्षेत्रबाट आएका युवा व्यावसायिक रुपमा थाङ्का लेखन पेसामा जीवन गुजारा गर्ने सोंचका साथ सीप सिक्न थालेका हुन् ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२ घट्टका स्थानीय खिमाकला शर्मा घरमा संरक्षित गरेर राखिएको ठेकी देखाउँदै ।
पोखरा बागलुङ सडक खण्डअन्तर्गत हेम्जाबाट देखिएको हिमालको दृश्य । पछिल्लो समय यो सडक र यहाँबाट देखिने दृश्यले चर्चा कमाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्