काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कठिङ्ग्रिदो चिसोको समयमा त्रिपालमा बसेका कैलालीका नागरिकदेखी सुन्तला बिक्रीको लागि बजार पठाउने तयारी गर्दै तनहुँका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कैलालीको टीकापुर नगरपालिका-१ कृषि हाटबजार नजिकै त्रिपालमा बसेका नागरिक । पुसको कठिङ्ग्रिदो चिसो र शीतलहरको समयमा दिनभर मजदुरी गरी खाने यी परिवारको जीवन निकै कष्टकर छ ।
तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकमा उत्पादन भएको सुन्तला नापतौल गरी बजारमा पठाउने तयारी गरिँदै ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४, खानी गाउँबाट देखिएको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा ।
बेनी–जोमसोम सडकखण्डमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानामा अवस्थित रुप्से झरना । यो झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
खेतबाट धान भित्र्याएपछि पराल स्याहार्दै दाङका किसान। पराललाई सुरक्षित स्थानमा भन्डारण गरेर बर्ष भरी गाई बस्तुलाइ खुवाउने गरिन्छ।
दाङको तुलसीपुर महोत्सवमा निर्माण गरिएको पिङमा मनोरञ्जन लिँदै महोत्सव अवलोकन गर्न आएका नागरिक ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्