×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध कैलालीका ज्येष्ठ नागरिक, पर्यटकको पर्खाइमा धुलिखेलका होटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध कैलालीका ज्येष्ठ नागरिक, पर्यटकको पर्खाइमा धुलिखेलका होटल

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध कैलालीका ज्येष्ठ नागरिकदेखी पर्यटकको पर्खाइमा धुलिखेलका होटलसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कैलालीको टीकापुरस्थित नेपाल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि निकै समस्या भएको ज्येष्ठ नागरिक बताउँछन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ३ धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टबाट देखिएका हिमालका दृश्य । पर्यटकका लागि काठमाडौँदेखिको नजिकको सुन्दर गन्तब्य बनेको धुलिखेलका होटलहरुमा कोरोना सङ्क्रमण दर कम भएसँगै विस्तारै पर्यटक आउन थालेका छन् ।

बेनी-दरबाङ सडक खण्डको स्तरोन्नतिका लागि काम गर्दै गरेका मजदुर । पश्चिम म्याग्दीको विकासका लागि लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति तीव्ररुपमा भइरहेको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१४ स्थित गोरसतीको फाँटमा पहेँलपुर भएर फुलेको तोरी । जिल्लामा पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेको छ ।

पोखरा महानगरपालिका–१६, दीपदेखि लामाचौरसम्मको सडक फराकिलो बनाएर स्तरोन्नति गरिँदै । माछापुच्छे्र गाउँपालिका जोड्ने प्रमुख सडक महानगरले स्तरोन्नति सुरु गरेको हो ।

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा थाक्रोमा भण्डारण गरिएको मकै । ग्रामीण क्षेत्रमा थाक्रो बनाएर मकै भण्डारण गर्ने चलन छ ।

बेनी–जोमसोम सडकखण्डले समेटिएको मुस्ताङको चिटिक्क देखिएको खन्ती बजार ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी