×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भारी हिमपातकैबीचमा काम गर्दै डोल्पाका सर्वसाधारण, चिसोमा अस्कोट बिक्री गर्दै काठमाडौँका व्यापारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : भारी हिमपातकैबीचमा काम गर्दै डोल्पाका सर्वसाधारण, चिसोमा अस्कोट बिक्री गर्दै काठमाडौँका व्यापारी

Artha Sarokar

११ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै दाङका किसानदेखी धुलाम्य सडकमा आवतजावत गर्न बाध्य कपिलवस्तुका सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

उपल्लो डोल्पाका सर्वसाधारणहरु हिउँ छिचोल्दै धो गाउँ तीर आउँदै । भारी हिमपातकै बीचमा काम गर्नुपर्ने यहाँको बाध्यता हो ।


काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा जाडोको समयमा लगाउने अस्कोट बिक्री गर्दै व्यापारी ।

थकाली सामुदायिक होमस्टे सञ्चालन भएको मुस्ताङको पर्यटकीय ठिनी गाउँ ।

घोराही–४ का किसानले व्यावसायिक रुपमा गरिएको लसुन खेती । लसुन मसलाको रुपमा प्रयोग गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–३ राखुको बगैँचामा टिपेको सुन्तला ग्रेडिङ गरेर बजार पठाउँने तयारी गर्दै । म्याग्दीमा उत्पादन भएको सुन्तला बजार पठाउन कृषक र व्यापारीलाई भ्याइनभ्याइ छ ।

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सञ्चालित सिमेन्टको ब्लक बनाउने उद्योगमा काम गर्दै मजदूर । केही वर्ष यतादेखि सिमेन्टको ब्लकको प्रयोग गरी घर निर्माण गर्ने क्रम बढेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी