×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिलाम्य सडकमा यात्रा गर्न बाध्य रामपुरका स्थानिय, स्काइ साइक्लिङ गर्दै बागलुङका आन्तरिक पर्यटक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : हिलाम्य सडकमा यात्रा गर्न बाध्य रामपुरका स्थानिय, स्काइ साइक्लिङ गर्दै बागलुङका आन्तरिक पर्यटक

Artha Sarokar

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिलाम्य सडकमा यात्रा गर्न बाध्य रामपुरका स्थानियदेखी स्काइ साइक्लिङ गर्दै बागलुङका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कालीगण्डकी करिडोर सडकअन्र्तगत पाल्पा रामपुर–१ स्थित स्याउली बजार साँखर्दी खण्डमा हिलोमा फसेको अटो रिक्सा धकेल्दै यात्रुहरु ।

बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।

घोराही–८ दुन्द्रामा पूर्व मुक्त कमलरीले व्यावासायिकरुपमा पालिएका बङ्गुर । पछिल्लो समय दाङका पूर्व कमलरीहरु स्वरोजगार बन्दै गएका छन् ।

कैलालीको गौरीगङ्गा नगरपालिका–७ मट्कौना गाउँमा एक स्थानीय कृषकका खेतमा पहेँलपुर भएर फुलेको तोरी ।

पशुपति मन्दिर परिसरमा मयूरको प्वाँख किन्दै युवती ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीस्थित थाई विहारमा पर्यटक । लुम्बिनीमा विभिन्न राष्ट्रहरूले निर्माण गरेका सुन्दर विहारले यहाँको आकर्षण बढाएको छ ।

पशुपति मन्दिर परिसरमा टपरी बनाउँदै महिला । मन्दिरमा पूजा सामाग्री लैजान टपरीको प्रयोग गर्ने गरिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी