×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भारी हिमपातमा पनि दाउरा बिक्री गर्दै हुम्लाका बालक, उखु पेल्दै तनहुँका किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : भारी हिमपातमा पनि दाउरा बिक्री गर्दै हुम्लाका बालक, उखु पेल्दै तनहुँका किसान

Artha Sarokar

१४ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भारी हिमपातमा पनि दाउरा बिक्री गर्दै हुम्लाका बालकदेखी उखु पेल्दै तनहुँका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक ।

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुका किसान उखु पेल्दै । ग्रामीण भेगमा यसरी नै उखु पेलेर खुदो बनाउने गरिन्छ ।

पाल्पाको तानसेन नगरपालिकाको छापमा जाडोको तरकारी गुन्द्रुक सुकाउँदै युवा ।

तनहुँको भानु नगरपालिका–९ पुर्कोटका कृषक  लसुन लगाउँदै । यहाँका कृषक लसुन खेतीतर्फ आकर्षित भएका छन् ।

ताप्लेजुङको  सुकेटार विमानस्थल नजिकै हिउँमा खेल्दै बालबालिका ।

रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी