×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोइरालटारमा सामूहिक आलुखेतीको सुरुवात, किसानलाई प्रोत्साहन गर्ने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोइरालटारमा सामूहिक आलुखेतीको सुरुवात, किसानलाई प्रोत्साहन गर्ने लक्ष्य

Artha Sarokar

२२ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका-५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् ।

नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ ।

निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समूहमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । महिला आत्मनिर्भरताको सुनिश्चितताका लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको उहाँले बताउनुभयो ।

यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलुखेती गर्ने किसानले यस वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण आलुखेती गरेका हुन् । परियोजनाले किसानलाई आलुखेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।-रासस

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी