×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तिकाले जितिन् नगद ५ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा, मस्तिकाले जितिन् नगद ५ लाख

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मस्तिका नेपाली बि.क.विजेता घोषित भएकी हुन् ।

उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैंकको सब–एजेन्ट मुक्तिनाथ विकास बैंकबाट कारोबार गरेकि थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सि.ले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,००० पनि जितिसकेका छन् । नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट-ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब-एजेन्टमार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथनले भने, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी