Skip to content
LAXMI SUNRISE BANK

१७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्दै नेपाल राष्ट्र बैंक, सोमबार दिउँसो २ बजे बोलकबाेल

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र ८ गते परिपक्क हुनेछ ।
यस्तै बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्क हुनेछ । साथै बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल पाैष ५ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकले सो ट्रेजरी बिल आज सोमबार दिउँसो २ बजे बोलकबाेल भएर भाेलि पाैष ६ गते, मंगलबार बिक्री हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK