मोरङ । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटी वित्तीय क्षेत्रमा देखापरेको तरलताको अभावलाई यथाशक्य समाधान गरी उद्योग व्यवसाय सञ्चालनमा सहजीकरणका लागि अनुरोध गरेको छ ।
सङ्गठनका अध्यक्ष प्याकुरेलले तरलताको चरम अभाव भएका कारण बैंक तथा वित्तीय संस्थाले केही समयदेखि औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्नसमेत कठिनाइ भएबाट औद्योगिक कच्चा पदार्थको अभावमा उत्पादन नै ठप्प पार्नुपर्ने विकराल अवस्था सिर्जना हुँदै गएकोतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभएको हो ।
राष्ट्र बैंकद्धारा तोकिएका केही विलासिताका वस्तुका आयातमा प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरी स्वदेशी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न चालेको कदम भन्दै यस प्रावधानबाट उत्पादनमूलक उद्योगहरुका औद्योगिक कच्चा पदार्थ तथा मिल मेसिनरीहरुको आयातको सहजीकरणमा मद्दत पुग्ने तर यसबाट विलासिताका वस्तुको आयातमा एकाधिकार हुनसक्नेतर्फ सचेत हुनुपर्ने सुझाव सङ्गठनले राष्ट्र बैंकलाई दिएको छ ।
गर्भनर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई आवश्यक पर्ने औद्योगिक कच्चा पदार्थलगायतका वस्तुको नियमित आपूर्तिका लागि प्रतीतपत्र खोल्न कुनै पनि कठिनाइ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विलासिताका केही वस्तुको आयातलाई निरुत्साहित गरेको र यसबाट उत्पन्न हुनसक्ने परिणामका बारेमा राष्ट्र बैंक सचेत रहेको स्पष्ट पार्नुभयो । उहाँले तरलता अभावबाट अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गर्ने जानकारी दिनुभयो ।
उक्त अवसरमा सङ्गठनले लगातार उठाउँदै आएको उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको र हुने कर्जाको ब्याजदर एक अङ्कमा नबढ्ने गरी (सिङ्गल डिजिट) कायम गर्नुपर्ने, पुनःकर्जा तथा विभिन्न शीर्षक र क्षेत्रमा प्रवाह गरिने सहुलियतपूर्ण कर्जाअन्तर्गतका सुविधामूलक कर्जालाई सहज र द्रुतगतिमा प्रवाह गर्ने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकलाई आग्रह गरेको छ । सो प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, उपाध्यक्षद्वय राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुशील रिजाललगायतको सहभागिता थियो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्