×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज पाईन्छ ? (ब्याजदरसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज पाईन्छ ? (ब्याजदरसहित)

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गते बिहिबारबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ ।
यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदरसमेत सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११.५१ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
यस्तो छ बैंकको नयाँ ब्याजदर :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी