काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका छन् ।
उक्त अवसरमा नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए । उनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताए । बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले सेवाको आधारमा पनि राष्ट्रिय वाणिज्य बैंकएक नम्बरको बैंक हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ सेवा दिदैं आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा न.४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाल निर्माण सामाग्री ब्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा शाखा प्रबन्धक कविराज भण्डारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्