काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत भइरहेका कार्य तथा हक, दायित्व राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । बिहीबार सिहदरबारमा आयोजित हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणको उपस्थीतिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले विपद् जोखिम प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई बाँकी काम हक दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणहरु हस्तान्तरण गर्नुभएको हो ।
पुनर्निर्माण प्राधिकरणले गर्ने आर्थिक वर्ष ०७८/०७९ को चालु र पुँजीगत खर्चबारे एकीकृत आर्थिक विवरण तयार गर्ने तथा लेखा परीक्षण सम्बन्धी कार्यको जिम्मेवारी पनि विपद् जोखिम न्यूनीकरण प्राधिकरणलाई दिइएको छ । अब विश्व बैंकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडीटीएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धी कार्य पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ ।
कार्यक्रममा गृहमन्त्री खाँणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको भन्दै प्रसंसा गर्नुभयो । उहाले भूकम्पले क्षति पु¥याएका भौतिक संरचना, पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतीपूर्ण भएपनि प्राधिकरणले मन लगाएर पूरा गरेको बताउनुभयो ।
त्यस्तै पुनर्निर्माण प्राधिकरण कार्यकारी निर्देशक ज्ञवालीले भूकम्पपछिको पूननिर्माणमा सवैको सहयोग प्राप्त गरेकाले सफलतापूर्वक काम गर्न सफल भएको बताउनुभयो । गाँउ गाँउमा सर्वसाधारणलाई तालिम दिएर सवै स्थानमा पुननिर्माणको काम गर्न सकिएको उहाले बताउनुभयो । उहाले प्राधिकरण सफल पार्ने सवैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्राधिकरण आवद्ध कर्मचारीलाई सम्मानपत्र बितरण गरिएको थियो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ को दफा ३(३) को व्यवस्था तथा सो अनुरुप नेपाल सरकार मन्त्रिपरिषद्को ०७७ मंसिर १५ गतेको निर्णयअनुसार प्राधिकरणको समयावधि पुस ९ गते शुक्रबारबाट सकिँदै छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्