काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सोमबार सम्पन्न वार्षिक साधारणसभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरुलाई कम्पनीको सभाले आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।