×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट लाजिम्पाटमा सञ्चालन

GLOBAL IME BANK

लण्डनको नौद थाई स्पा ब्राण्ड र ‘माइ थाई’ रेष्टुरेण्ट लाजिम्पाटमा सञ्चालन

५ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लण्डनको स्पा ब्राण्ड नौद थाइ र ‘माइ थाई’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्ट काठमाण्डौंको मुटु पानीपोखरी लाजिम्पाटबाट सञ्चालनमा ल्याइएको हो । १२ वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै नेपालमानै अन्तराष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोल्ने निर्णयमा पुगेका थिए युवा व्यवसायी प्रतिक गिरी । नौद थाई स्पा करिब २ वर्ष अगाडि खोलिएतापनि कोरोना भाइरसको संक्रमणले सरकारले गरेको लकडाउन र सटडाउनका कारण समयसमयमा बन्द/सुचारु भइरहेको थियो ।

काठमाडौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गिरी बताउँछन् । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको निर्देशक गिरी बताउँछन्, जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाइ स्पाले सुरुवाती दिनदेखि नै आम ग्राहकको माया पाउन सफल रहेको छ ।

काठमाण्डौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तराष्ट्रिय स्तरको मसाज नेपालमै उपलब्ध गराउन सकेमा १२ वर्ष बेलायतको अनुभवलाई न्याय मिल्ने गिरी बताउँछन् । नौद थाई स्पा काठमाडौंलगायत अन्य सहरका स्पा मसाज भन्दा भिन्न रहेको निर्देशक गिरीको दाबी छ ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाण्डौ बाहेक पर्यटकीय नगरी पोखरा र झम्सीखेल ललितपुरबाट निकटतम भविष्यमा सञ्चालन गर्ने निर्देशक गिरी बताउँछन् । नौद थाई स्पामा आएका ग्राहक दाहोरिएर आएको र यहाँको सेवा अन्तराष्ट्रिय स्तरको रहेको पाइएको छ ।

स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाई ले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याएको गिरी बताउँछन् । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: