काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाको सभा बन्दिपुर माउन्टेन रिसोर्टमा सम्पन्न भएको हो । सभाले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै सभाले सञ्चालक समितिकोतर्फबाट समितिका अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरुलगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।