काठमाडौँ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।
सम्झौतापश्चात कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन् । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०,एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्