×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासिक डेढ लाखसम्म तलब दिने गरी साना किसान विकास लघुवित्तले खुलायो जागिर, १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने !

PRIME CA

मासिक डेढ लाखसम्म तलब दिने गरी साना किसान विकास लघुवित्तले खुलायो जागिर, १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने !

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजारदेखि डेढ लाखसम्म मासिक तलब दिने गरी जागिर खुलाएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै २ पदका कर्मचारीलाई सो तलब दिने गरी जागिर खुलाएको हो । कम्पनीले अनुसरण सहजकर्ता र कार्यक्रम संयोजकको माग गरेको हो ।
कम्पनीले अनुसरण सहजकर्ताको लागि इलाका कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ५ महिना अवधिलाई २ कर्मचारी माग गरेको छ । साथै कार्यक्रम संयोजको लागि वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा २०७९ को असार मसान्तसम्मलाई १ जना कर्मचारी मागेको हो ।
अनुसरण सहजकर्ताको मासिक तलब ६० हजार पारिश्रमिक स्थानियस्तरको भ्रमण भत्ता वापत २० हजार र स्थानीय यातायाताको ५ हजार गरी ८५ हजार तोकेको छ भने कार्यक्रम संयोजकको मासिक पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ (करसहित) तोकेको छ । इच्छुकले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: