Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकले संचालनमा ल्यायो “सांग्रिला रेमिट”

अर्थ सरोकार

काठमाडौं । पछिल्लो समय शाखा बिस्तार तथा विभिन्न प्रकारका बैंकिङ सुविधाहरुसमेतमा उल्लेखनीय हिसाबले वृद्धि गरिराखेको सांग्रिला डेभलपमेन्ट बैंकले, देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि “सांग्रिला रेमिट” को नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन्। बैंकले संचालनमा ल्याएको यस सेवा आन्तरिक बिप्रेषण को लागि हो भने बिदेशमा रहेका नेपालीहरुले आर्जन गरेको रकमलाई समेत बैंकिग प्रणालीबाट नेपालमा ल्याई सम्बन्धित प्राप्तकर्तालाई भुक्तानी दिने सम्बन्धि अन्तरास्ट्रिय रेमिट्यान्स सेवा समेत छिट्टै संचालनमा ल्याइने छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई हाल सम्म सफलताका सोह्रौं वर्ष पार गरिसकेको छ । सांग्रिला डेभलपमेन्ट बैंकका देशभर १०४ शाखा तथा, ३१ एटिएम संचालनमा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK